काठमाडौं । २ दिन देखिको लगातारको वर्षाका कारण काठमाडौ, ललितपुर र भक्तपुरमा गरी २१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको हो ।
बाढी, पहिरो र डुबानमा परेर केही मासिन हराइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशसत्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरेको छ ।
अविरल वर्षाका कारण बागमती, विष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको छ । डुबानले ठूलो जनधनका क्षति भएपनि सम्पूर्ण विवरण आइनसकेको प्रहरीको भनाइ छ ।