साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

SAAF Womens Football

दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसीप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ।

काठमाण्डौको दशरथ रंगशालामा आउँदो कात्तिक १ गतेदेखि कार्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनसीपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले कार्तिक २ गते भुटानसँग खेल्नेछ।

नेपालले कार्तिक ५ गते माल्दिभ्स र कार्तिक ८ गते श्रीलंकासँग खेल्नेछ।

‘बी’ मा नेपाल, भुटान‚ माल्दिभ्स र श्रीलंका छन्।

तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्।

दुवै समूहका शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन्।

नेपालले महिला साफ आयोजना गर्न लागेको यो लगातार तेस्रो पटक हो।

महिला साफ च्याम्पियनसीपका पछिल्ला २ संस्करण सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै भएको थियो।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds