लामाचौर तीज महोत्सवको रौनक बढ्दो

लामाचौर तीज महोत्सवको रौनक बढ्दो

लामाचौर तीज महोत्सव

यस पालिको २८ औं संस्करणको लामाचौर तीज महोत्सवको रौनक ह्वात्तै बढेको छ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि सुरु २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को दोस्रो दिन बिहीबार दर्शकको ठूलो भीड लाग्यो।

आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ।

महोत्सवमा बिहीबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुतिमा दर्शक छमछमी नाचेर साथ दिए।

यस्तै, जीवन दाहाल र वसन्त विश्वकर्माको पनि बेजोड प्रस्तुति थियो।

३ दिने महोत्सवको अन्तिम दिन शुक्रबार राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझी आउने प्रचार संयोजक दिनेश भण्डारीले बताएका छन्।

महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टल पनि राखिएको छ।

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ।

प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो बन्यो।

गुरुकुल विद्यासदन, रिभरडेल बोर्डिङ र बेसलाइन एकेडेमी सान्त्वना भएको निर्णायक संयोजक सिर्जन गुरुङले बताएका छन्।
प्रतियोगितामा २० टिमको सहभागिता थियो।

अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

पुरस्कार वितरण तीजकै दिन हुने कलाकार दीपक खड्काले जनाएका छन्।

२० टिमको सहभागिता रहेको तीज गीत प्रतियोगितामा महिलाहरुले सजिएर मौलिक भाखामा तीज गीत गाए।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले नवआदर्शले आयोजना गर्ने मेला उत्कृष्ट हुने गरेको दाबी गरे।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds