गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आज (बुधबार) नियुक्त भएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पाण्डेले शपथ पनि आजै (बुधबार) लिने तयारी गरेका छन्।
प्रदेश प्रमुख कार्यालयले सपथको सबै तयारी पूरा गरिसकेको स्रोतले बताएको छ।
सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ।
अदालतको फैसला कार्यान्वयन गर्नू भन्ने पत्र प्रदेश प्रमुखको कार्यालयमा आज मध्यान्ह मात्र विद्युतीय माध्यममार्फत् आइपुगेको हो।

This will close in 10 seconds