कैलाश सिरोहिया भन्छन्, ‘किञ्चित विचलित हुँदिन’

कैलाश सिरोहिया भन्छन्, ‘किञ्चित विचलित हुँदिन’

कैलाश सिरोहिया Final Photo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले मिडिया ग्रुप किञ्चित विचलित नहुने जिकिर गरेका छन्।

अध्यक्ष सिरोहियाले आफूविरुद्ध प्रहरीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने हुँदैन।’

कानुनअनुसार हुने हरेक अनुसन्धानमा संपूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा आफू तयार रहेको उनले बताएका छन्।

धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो। म आफैं पनि जेल गएको हुँ। निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु। तर, कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन।’

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाई सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनैपनि संचारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले स्मरणसमेत गराएका छन्।

सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने अध्यक्ष सिरोहियाले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds