थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल यात्रा गरेको छ।

बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टारले फाइनलमा स्थान बनाएको हो।
पोखरा रंगशालामा थ्री स्टारलाई जित दिलाउन दिपेश घलेले निर्णायक गोल गरे।
खेलको ७८ औं मिनेटमा घलेले गरेको गोल नै खेलको निर्णायक बन्यो।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीचको विजेतासँग थ्री स्टारले उपाधिका लागि फाइनल भिड्नेछ।

This will close in 10 seconds