पोउवा संघको महिला लक्षित सीप र बैंकिङ साक्षरता अभियान

पोउवा संघको महिला लक्षित सीप र बैंकिङ साक्षरता अभियान

पोउवा संघ

माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन महिलाहरुलाई आह्वान गरेकी छन्।

उनले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी मितिप्रति सचेत रहन पनि आग्रह गरिन्।

‘केही गरौँ भन्ने भावना छ भने ऋण लिन हिच्किचाउनु हुँदैन, बरु लिएको ऋणको किस्ता र ब्याज तिर्न निश्चित रकम छुट्टयाउँदै जानुपर्छ,’ उनले भनिन्, ‘सरकारले महिलालाई सहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदान पनि दिएको छ। त्यसको पनि उपयोग गर्नुपर्छ।’

बैंकर पाण्डे पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी उपसमितिको आयोजना तथा माछापुच्छे« बैंकको सहयोगमा आइतबार आयोजना गरेको महिलालाई सीप र बैंकिङ साक्षरता विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्।

माछापुच्छे« बैंककै अनुगमन ईकाई उपप्रम्ुख प्रतिभा पाण्डेले सीप भएरपनि महिलाहरु उद्यमशीलतामा जोडिन नसकेको तथा व्यवसाय बिस्तारमा पनि पछि परेको धारणा राखिन्।

उनले जुन प्रयोजनको लागि लिइएको कर्जा हो, त्यही प्रयोजनमा लगाउन आग्रह गरिन्।

वित्तीय साक्षरताको अभावमा धेरै महिलाहरु सूचना प्रविधिको उपयोगबाट पर रहेको बताउँदै उनले वित्तीय साक्षरता नहुँदा ठगिने जोखिम पनि उत्तिकै रहेको औंल्याइन्।

आफ्ना गोप्य सूचनाहरु कसैलाई नदिन उनको आग्रह थियो। वित्तीय साक्षरता भनेको सामान्य भाषामा पैसाको बचत र परिचालन दुबै भएको उनको भनाई थियो।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले वित्तीय साक्षरता पुरुष र महिला दुबैलाई आवश्यक भएको बताए।
वित्तीय साक्षरताबाट महिला अझ आत्मविश्वासी बन्ने उनको भनाई थियो।

माछापुच्छे« बैंककी आन्तरिक सेवा– सम्बन्ध प्रबन्धक बबिता भट्टले व्यवसाय गरेपछि विभिन्न प्रकारका कर र शुल्कहरु तिर्नुपर्नेबारे सचेत रहन महिलाहरुसँग आग्रह गरिन्।

पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी उपसमिति संयोजक तथा माछापुच्छे« बैंककी संचालक बन्दना कार्की केसीले महिला आत्मनिर्भर हुनु भनेको समाज र राष्ट्र समुन्नत बन्नु भएको बताइन्।

उनले पोखरा उद्योग वाणिज्य संघले वित्तीय साक्षरता र महिला उद्यमशीलता विकासमा थप कार्यक्रम आयोजना गर्ने घोषणा पनि गरिन्।

पोखरा उद्योग वािणज्य संघका महासचिव बलराम आचार्यले संचालन गरेको कार्यक्रममा महिला उद्यमी रामकली खड्का, सीता गुरुङ, मुना बास्तोला, उषा तिमिल्सिनालगायतले सहुलियतपूर्ण कर्जा, कर्जा प्राप्तिका लागि आवश्यक पर्ने कागजातलगायतका विषयमा जिज्ञासा राखेका थिए।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार ५७.५९ नेपाली वित्तीय रुपले साक्षर छन्।

वित्तीय ज्ञान, व्यवहार र मनोवृत्तिलाई आधार मानेर गरिएको सर्वेक्षण अनुसार पुरुषमा भन्दा महिलामा वित्तीय साक्षरता कम भएको र अनौपचारिक क्षेत्रको भन्दा औपचारिक क्षेत्रमा काम गर्नेहरु बढी साक्षर भएको निष्कर्ष छ।

प्रतिक्रिया

भर्खरै