चर्च ब्वाइज युनाइटेड क्लबले सिमरा गोल्डकपको उपाधि जितेको छ।

शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्री–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए।
त्यस्तै, दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे। जुन गोल नै चर्चलाई सिमरा गोल्डकपमा प्रवेश गरेको पहिलो पटक नै उपाधि जितका लागि पर्याप्त बन्यो।
सो खेलको छैटौँ मिनेटमा नै हिमालयन शेर्पा १० खेलाडीमा सीमित बन्न पुग्यो। शेर्पाको डी–एरिया प्रवेश गरेका चर्च ब्वाइजका रन्जित पान्डेलाई लडाएपछि हिमालयनका डिफेण्डर दिनेश उराव रातो कार्ड पाएर बाहिरिएका थिए।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र उपविजेता हिमालयन शेर्पाले ५ लाख रुपैयाँ पुरस्कार जित्यो। विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक चर्चकै प्रिसो, डिफेण्डर फ््रयाङ्कलिन टाला, मिड फिल्डर सुवास गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षकको उपाधि प्रदीप हुमागाईंले पाए।

This will close in 10 seconds