नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडालाई चुनेको छ।

पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले सिम्खडालाई प्रमुख सचेतक बनाएको हो।

गोरखाकी सिम्खडा समानुपातिक सांसद हुन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन्।

संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधारमन्त्री बनेका छन्। म्याग्दीबाट निर्वाचित रेशमबहादुर जुग्जाली पनि मन्त्री नियुक्त भएका छन्।