तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका जीतप्रकाश आलेमगगर विजयी बनेका छन्।

जीतप्रकाशले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केदार सिग्देललाई ६४० को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यका लागि जीत निकालेका हुन्।
मत गणनाको अन्तिम नतिजामा जीतप्रकाशले १३ हजार ८६० मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका केदारले १३ हजार २२० मत प्राप्त गरे।

This will close in 10 seconds