पोखरा ।
पोखरा महानगरपालिका २८ का सफल वडा अध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका हाल प्रतिनिधि रहेका श्रीकृष्ण लामिछानेले नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पोखरा महानगरपालिका २८ बाट प्रतिनिधि छनोट भएका लामिछानेले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा भिजन भएको र कास्की कांग्रेसलाई नमूना कांग्रेस बनाउने नयाँ सोच भएकोले आफू यसपटक केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनाइसकेको बताए ।
नमूना कांग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको नेतृत्वलाई चुन्नका लागि सम्पूर्ण परिवर्तनशील कांग्रेस कार्याकर्ताहरु समक्ष आफूलाई महाधिवेशन प्रतिनिधिमा भोट दिई विजय बनाउन लामिछानेले आग्रह गरेका छन् । ४ दशकभन्दा बढी काग्रेसमा क्रियाशील जीवन बिताएका लामिछाने नेविसंघ, तरुण दल हुदै नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहदै हाल पोखरा महानगरपालिका २८ को सफल वडा अध्यक्षको रुपमा कार्य गर्दे आइरहेका छन् । लामिछाने नेपाली कांग्रेस कास्कीका कार्याकर्ता माझ लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् ।
यस घोषणासँगै उनले पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र अमूल्य मतका लागि अपिल समेत गरेका छन् ।