‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा

 ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा

News Photo (10)

पोखरा । र्‍याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकारइतिहासकारलेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ ।  पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा लेखक मेजन पुनले मनोज घर्तीमगरका दुुई पुुस्तक ‘मगर जातिको इतिहास’ र ‘भर्तीको भन्दा’ किताबामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । ‘लेखकले गोर्खा भर्तीले नेपाली समाजमा पारेका सकरात्मक र नकरात्मक प्रभावसहित नलेखिएको इतिहासमाथी कलम चलाएका छन्’ कार्यपत्र प्रस्तुतकर्ता मेजनले भने,‘आदिवासी मतुवाली जातिका युवाहरुलाई उर्दी नै लगाएर मर्नकै लागि भर्ती गरिएको नीतिको बारेमा लेखकले थप तथ्य उजागर गरेका छन् ।’ परिचर्चाकार मेजन पुनले अनुसन्धान गर्ने कार्य निकै चुनौतीपूूर्ण रहेको भएपनि लेखकले ती सबै चुुनौतीलाई सामाना गर्न तम्तयार भइ नलेखिएका र उत्खनन नगरिएका विषयमा कलम चलाएको बताए ।

भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैनयसले नेपाली समाजमगरगुरुङराईलिम्बू लगायतका समुदायहरूको जीवनसंस्कारसंघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ उनले भने,‘लाहुरे संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।’

उनले इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ ले मगर जातिको इतिहास संरक्षणमा थप टेवा पुग्ने गरि लेखिएको हुँदा पुस्तक पठनीय भएको सुनाए । ‘मगर जातिको इतिहास’ पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् भने २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणको प्रकाशन पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले गरेको हो ।

इतिहासकार एवं लेखक मनोज घर्तीमगरले गोर्खा भर्तीको इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास गरिएको बताए । उनले मगर समुदायको लेख्य इतिहाहस परम्परा कमजोर रहेकाले मगर इतिहास दस्तावेजीकरणका लागि मगर जातिको इतिहास लेखेको सुनाए । नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टजिका अध्यापक समेत रहहेका लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।

कार्यक्रमा उदय अमात्यरुद्र सन्देश मगर,  बुद्धि गुरुङस्ट्रगल रानाविकास लुङ्गेलीमगरलोचना अधिकारीमनोज सुवेदीनुनु रानामगरकविता घर्तीमगररोशन तल्कोटेसिंह बहादुर गुरुङ लगायतले कार्यपत्रमाथि टिप्पणी र प्रश्न गरेका थिए । संस्थाका अध्यक्ष दिपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमलाई संस्थाका सचिव ध्रुव केसीले संचालन गरेका थिए ।

प्रतिक्रिया