कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण

कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण

481563274_512285608583544_5056864646839995554_n

पोखरा । कस्मेटिक व्यवसायी सङ्घ कास्कीको अध्यक्षमा लक्ष्मण प्रसाद आचार्य चयन भएका छन् । सङ्घको शनिवार सम्पन्न एघारौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा शारदा भुजेल बराल, द्वितीय उपाध्यक्षमा महेन्द्र पौडेल, महासचिवमा प्रकाश बराल  चयन भएका छन् ।

सचिवमा सोवित कुमार थापा, कोषाध्यक्ष र सहकोषाध्यक्षमा दुर्गा बहादुर घर्ती र नुमकला भट्टराई चयन भएकी छन् । सङ्घको कार्यसमिति सदस्यहरूमा इन्दु रेग्मी जानकी तिमल्सिना, सरिता खतिवडा, बबिता केसी, सुमित्रा शर्मा र दिपा न्यौपाने चयन भएका छन् ।

अधिवेशनको उद्‌घाटन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले हाल मानिसहरू कर्तव्य पालना भन्दा स्वार्थ पूर्तितर्फ हावी हुँदा जनतालाई निराशातर्फ धकेल्ने काम भएको बताए । पछिल्लो समय संस्कार, संस्कृति र भाषामा अतिक्रमण बढिरहेको बताउँदै सबैभन्दा पहिला नेपालीहरू नै नेपालीकरण हुन जरुरी रहेको बताए ।

सङ्घ कास्कीका अध्यक्ष दुर्गा बरालले पछिल्लो समय विश्वव्यापी रुपमा नै कस्मेटिक व्यवसाय तीव्र गतिमा विकास हुँदै गइरहेको बताइन् । उनले जतिजति कस्मेटिक व्यवसायमा प्रविधिको प्रयोग र नवीनता छाउँदै छ त्यति नै मात्रामा चुनौतीसमेत थपिदै गएको उल्लेख गरिन् । सङ्घ कास्कीले व्यवसायीको हकहित संरक्षणका साथमा सामाजिक सेवाका कामहरू समेत गर्दै आइरहेको बताइन् ।

साधारणसभाको अवसरमा उत्कृष्ट जिपिएसहित कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै पूर्व कस्मेटिक व्यवसायीलाई सम्मान सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु प्रसाद बास्तोलासहित पोखरा उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष दिनेश बास्तोला, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र पौडेलले गरेका थिए

प्रतिक्रिया