पोखरा । रुपा गाउँपालिकाले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । आगामी फागुन २४ गतेदेखि २७ गतेसम्म स्थापना दिवस मनाउने तयारी गरिएको रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले बुधबार पोखरामा आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर गर्दै आएको अध्यक्ष कप भलिबललाई यस वर्ष पनि आयोजना गरिएको छ । वडा स्तरीय पुरुष भलिबलमा रुपा गाउँपालिका बाहेका अन्य खेलाडी सहभागी हुन नपाउने उहाँले बताउनुभयो । गाउँ पालिका भित्र बसोबास गर्ने विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र सम्वद्र्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
झाँकी प्रदर्शन प्रतियोगितामा करिब ३० समूह सहभागी हुने र प्रत्येक समूहले ५ वटा माला समावेश गर्ने गरी माला प्रतियोतिा पनि समावेश गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । दिवसका अवसरमा जैविक विविधता सम्बन्धी कृषि प्रदर्शनीमा रुपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका रैथाने बाख्रा र रैथानी बाली प्रदर्शनीसमेत हुनेछ । किसानलाई प्रोत्साहन गर्न कृषि पेशामा उत्कृष्ट रहेका किसानहरुलाई नगद ५ हजारसहित सम्मान गरिने छ ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको पुरुष भलिबलमा प्रथम हुनेलाई ७७ हजार ७ सय ७७, द्धितीयलाई ५५ हजार ५ सय ५५ र तृतीयलाई ३३ हजार ३ सय ३३ रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । त्यसगरी बेस्ट प्लेयरलाई नगद ५ हजार, बेस्ट सेटरलाई २ हजार र बेस्ट स्पाइकरलाई २ हजार नगद प्रदान गरिनेछ । झाँकी प्रदर्शनी प्रतियोगतामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार राखिएको अध्यक्षले ओझाले बताउनुभयो । माला प्रतियोगितामा प्रथमलाई ६ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार पुरस्कार प्रदान गरिनेछ ।
फागुन २४ गते स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिने र २७ गते मूल समारोह हुने गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ पौडेलले बताउनुभयो । रुपा गाउँपालिकाले पालिकाको विकास र समृद्धिमा सहयोग पु¥याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी, गरेका विभिन्न व्यक्तिहरुदलाई रुपा रत्नबाट सम्मान गर्दै आएकोमा यस वर्षपनि निरन्तरता दिइएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न ४ वटा समिति गठन गरेर तयारी सुरु गरिएको अध्यक्ष ओझाको भनाइ छ । पूर्वाधारको विकासको साथ साथै कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर दीर्घकालीन स्वरोजगारका योजना तथा कार्यक्रम रुपाले गर्दै आएको छ ।