मादी गाउँपालिकामा सोंथर बेँसी टारी बजार मेला हुने

मादी गाउँपालिकामा सोंथर बेँसी टारी बजार मेला हुने

गोरु जुधाइँ प्रतियोगिता विशेष रुपमा हुने

8af81d5e-8bb8-478f-86eb-c76f547e2b41

पाेखरा ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा अगामी फागुन १ र २ गते तेस्रो संस्करणको सोंथर बेँसी टारी बजार मेला हुने भएको छ ।

सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवर्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङ्ले जानकारी दिए ।

मेलामा कृषि कार्यक्रमहरु तर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट , खसी बोका बाख्रा, मह , घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला 5A साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष तथा रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ ३० वर्स भन्दा माथी उमेर समुह र ३० वर्स भन्दा कम उमेर समुहको छुट्ट्छुट्टै खुल्ला सामुहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समुह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृस्न चलित्र नाच, स्थानीय दोहोरी तथा गायक गायिकाहरुको गायन, भजन लगायत प्रस्तुती रहने मेलाका अर्का सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका आजीवन सदस्य बेद बहादुर गुरुङ्ले जानकारी दिए ।

गत साल राखिएको गोरु जुधाइँ प्रतियोगिताले दर्शक तथा गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको हुँदा यस वर्स सो प्रतियोगिता विशेष रुपमा गरिने सोंथर बेँसी विकास समितिका सचिव डील्लीराज गिरीले बताए । गत साल गोरु जुधाइँ प्रतियोगितामा २० गोरु सहभागि रहेकोमा स्थानीय पदम बहादुर बिकको गोरु प्रथम र प्रदिप गिरिको गोरु दृतिय भएको गिरीले जानकारी दिए ।

त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला श्रुति लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागी सोंथर बेँसी परिसरमा कृषि पर्यटन प्रवर्धनको सम्भावना शिर्सकमा वक्तित्वकला प्रतियोगिता राखिएको सोंथर बेंसी विकास समितिका दृतिय उपाध्यक्ष दिर्गमान गुरुङ्ले जानकारी दिए ।

मेला लाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रचारप्रसार संयोजक दिपकजंग गुरुङ्ले जानकारी दिए ।

मेला सन्चालनका लागी अनुमानित ५ लाख खर्च लाग्ने समितिका कोषाध्यक्ष रमा क्षेत्रीले बताइन् ।

३५ वर्स अघि त्यस भेककै प्रख्यात रुपमा रहेको सो टारी बजार मेला विविध कारण हराउन पुगी स्थगित भएपछि गत २०७९ सालबाट थप परिस्कृत गर्दै पुन शुरुवात गरिएको छ । २०७९ सालमा त्यस भेकका सामाजिक अगुवाहरुको पहलमा सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराइ सो समितिले मेलालाई पुन ब्युताउने काम गरेको मादी – ८ का जनप्रतिनिधि समेत रहेका सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङ्ले बताए । गत २०७९ र २०८० सालमा दर्शकहरुको उत्साहजनक सहभागिता विच ३ दिन सम्म मेला चलेको थियो ।

प्रतिक्रिया