पोखरा १६, पुस
पोखरा महानगरपालिका २८ कालिकामा मा अवस्थित श्री जनज्योति माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव,अविभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सो सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा २८ को शिक्षा क्षेत्रको सुधारका लागि वडा कार्यालयबाट कुनै पनि कमी नहुने बताउदै यसको लागि सहकार्य गरेर वडाको शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताए । वडा अध्यक्ष लामिछानेले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट नै शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा नेपाली काग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले सामुदायिक विद्यालयको गुणस्तर वढाउन स्थानीयवासीको नै सक्रीयता आवश्यक भएको वताए । उनले विद्यालयका शिक्षकहरु उत्तरदायी नभएसम्म विद्यालयको शैक्षिक गुणस्तर वढाउन नसकिने वताए ।
विद्यालयका प्रधानाध्यापक रूद्व बहादुर थापाले विद्यालयको भौतिक र शैक्षिक अवस्थाको वारेमा प्रतिवेदन पेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा सदस्यहरु डाल्लादेवी भुजेल, विरेन्द्र भण्डारी विद्यालयका सल्लाहकार सुर्य प्रसाद भण्डारी रत्नसोभा माविका प्रअ गोपाल बुढाथोकी सितलादेवी मावि पोखरा १२ का प्रअ बाबुराम अधिकारी विद्यालयका भुपु विद्यार्थी तथा सल्लाहकारहरु कृतिवल्व त्रिपाठी शुक्रराज अधिकारी प्रध्यापक नरेश पौडेल अभिभावक बलराम त्रिपाठी विद्यालयका पुर्व प्रअ माधव प्रसाद पौडेल विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष भोलानाथ त्रिपाठी लगायतले वोलेका थिए ।
विद्यालयकका शिक्षक बेदराज खनाल तथा विद्यार्थी सुगम पौडेलले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक शेखरनाथ तिवारीले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।