पोखरा । पोखराको नागढुंगामा रहेको फेवासिटी हस्पिटलको अध्यक्षमा सर्वजीत अधिकारी चयन भएका छन् । हस्पिटलको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा सर्वजित अधिकारीलाई चयन गरेको हो । अधिकारी फेसासिटीको संस्थापकहरु मध्येकै हुन् । हस्पिटलको २५ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले सञ्चालक समितिमा डाक्टर सुरेश थापा, डाक्टर भोजराज न्यौपाने, डाक्टर ध्रुवबहादुर अधिकारी, डाक्टर टुमाया घले, दिनेशबाबु खड्का र हरिबहादुर केसी चयन गरेको हो । अस्पतालका निवर्तमान अध्यक्ष चण्डिका पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका संस्थापक अध्यक्ष डाक्टर बुद्धिबहादुर थापाले नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य दिनेशबाबु खड्काले गरेका थिए ।