पोखरा-४ गणेशटोलमा यःमरी महोत्सव हुँदै

पोखरा-४ गणेशटोलमा यःमरी महोत्सव हुँदै

yamri_je1pv3d1CQ (1)

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.४ गणेश टोलमा यहि पुस १३ गते शनिवार ‘पाँचौ यःमरी महोत्सव तथा साँस्कृतिक कार्यक्रम’ हुने भएको छ । नेवारी समुदायले विषेश रुपमा मनाउने योमरी पुन्य अर्थात धन धान्य पुर्णिमाको अवसर पारेर पोखरा महानगरपालिका वडा नं.४ को आयोजनामा महोत्सव हुन लागेको हो ।

वडाभित्र रहेका कला र संस्कृतिको संरक्षण र आन्तरिक पर्यटन प्रबर्द्धन लागी विभिन्न संघ सस्थाहरुको सहकार्यमा महोत्सव आयोजना गरिएको वडा नं. ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्ष पराजुलीले विगतका वर्षहरुमा पनि वडाले यसप्रकारका महोत्सव आयोजना गर्दै आएको बताए । ‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’

संस्कृति संरक्षणका साथमा महिला संशक्तिकरण तथा पोखरा ४ मा रहेको भिमसेन टोल, गणेशटोल, भैरवटोल लगायत पुरानो नेवार बस्तीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नु महोत्सवको मुख्य उद्देश्य रहेका छन् ।

पत्रकार सम्मेलनमा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा मिसा पुचः कास्कीका अध्यक्ष सँगीता बज्राचार्य पत्रकार महासघ कास्कीका अध्यक्ष माधव बराल लगायतले बोलेका थिए । धान्य पुर्णिमालाई काठमांडौ उपत्यकामा ज्यापु समुदायले ज्यापु दिवसका रुपमा मनाउँदै आएको र ज्यापु बाहेक अन्य नेवारहरुले यःमरी पुर्णमाको रुपमा मनाउँदै आएको नेवा खलः कास्कीका अध्यक्ष पालिखेले बताए ।

शनिवार विहान १० बजेबाट सुरु हुने महोत्सव अघि प्रभातफेरी निकालिने छ । पोखरा महानगरपालिका वडा नं। ४ को वडा कार्यलय परिसरबाट विहान ८ः३० बजे प्रभातफेरी तथा र्याली सुरु आयोजकले जनाएको छ । प्रभातफेरीमा विगतका वर्षमा जस्तै यसवर्ष पनि नेवार, गुरुङ, तामाङ, क्षेत्री, विश्वकर्मा लगायत विभिन्न जातजातीहरु साँस्कृतिक पहिचान झल्कने झाँकीसहित उपस्थित हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया