पर्यटन प्रवद्र्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश प्रस्थान

पर्यटन प्रवद्र्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश प्रस्थान

nata gandaki

पोखरा । पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायी मधेश र कोशी प्रदेशको भ्रमणमा निस्केका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रवद्र्धनमा निस्केको हो ।

टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यहरु प्रचारप्रसार, प्रवद्र्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्नेछ । शनिबारबाट सुरु भएको अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।

पर्यटन व्यवसायीहरुको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गर्नेे नाट्टा गण्डकी पूर्वअध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उनले त्यहाँ स्थित सरकार, स्थानीय तह, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकारसँग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिनेछ । नाट्टाले गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवद्र्धन गर्न स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया