आज देशभरको मौसम सफा रहने पूर्वानुमान

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

weather

पोखरा ।  देशमा कुनै किसिमको विशेष मौसम प्रणालीको प्नभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सामान्यतया देशभरको मौसम सफा रहने महाशाखाकाे भनाइ छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया