पोखरा । पोखरा महानगरपालिका वडा नं.१६ दिपबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दीपस्थित गौमाया गुरुङको घरबाट नगद एक लाख बाह्र हजार नब्बे रुपैयाँ र तास पक्राउ परेका हुन् ।
पक्रउ पर्नेमा पोखरा १६ दिप बस्ने वर्ष ४० को कृष्ण गुरुङ, पोखरा ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ, पोखरा १६ अमरदिप बस्ने वर्ष ४५ की गौमाया गुरुङ, साही ठाउँ बस्ने , वर्ष ३८ की जुनिता भट्टचन, पोखरा ८ सिमलचौर बस्ने वर्ष ४८ की रुपा गुरुङ, पोखरा १३ पाटनबेशी बस्ने वर्ष ४० को हेमजार गुरुङ, पोखरा २७ अर्घौचोक बस्ने वर्ष ४६ को बुद्धिबहादुर गुरुङ छन् ।
उनीहरुलाई सार्बजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन (१०) दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढेको प्रहरीले बताएको छ ।