मानव तस्करको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राख्न २ दिन म्याद थप

अपराध

मानव तस्करको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राख्न २ दिन म्याद थप

lilabimbha-adhikari
काठमाडौं ।  नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ ।
अधिकारीलाई काठमाडौँ ल्याई अदालतबाट दुई दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  गत  कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको आरोप छ ।
नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया