‘द हङकङ सिक्सेस’मा नेपालको विजयी सुरुवात

‘द हङकङ सिक्सेस’मा नेपालको विजयी सुरुवात

can

काठमाडौं  । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो ।

ङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए ।

इङ्ल्यान्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए । नेपालले यो प्रतियोगिता पहिलो पटक खेलेको हो । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया