महिला साफ च्याम्पियनको फाइनलमा नेपाल र बंगलादेशको प्रतिष्पर्धा

महिला साफ च्याम्पियनको फाइनलमा नेपाल र बंगलादेशको प्रतिष्पर्धा

nepal_team_saff_women_final_gm7sgRbBwZ

तस्बिर एन्फा

काठमाडौं । नेपालले भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२४ को फाइनल यात्रा तय गरेको छ ।आइतबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि संगिता बस्फोरेले गोल गरिन् । खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो ।

यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो । अब नेपालले उपाधिका लागि आउँदो बुधबार बंगलादेशसँग खेल्नेछ । आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै साविक विजेता बंगलादेश फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

भर्खरै