पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको शनिबार भएको तेस्राे अधिवेशनले अध्यक्षमा कपिल पोखरेललाई सर्वसम्मत चयन गरेको छ । चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्ष डाक्टर चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल(नेसनल एपोलो हस्पिटल), सदस्यमा डाक्टर चन्द्रबहादुर मिश्र(मेट्रोसिटी हस्पिटल), जगन्नाथ गौतम( पोखरा ॐ हस्पिटल), महेन्द्र केसी(पार्कल्यान्ड हस्पिटल),सविन अधिकारी रिजनल हस्पिटल) रहेका छन् ।
समितिको कार्यालय २ वर्षको हुनेछ । यसअघि संस्थाको अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठले गरेका थिए । अधिवेशनका अवसरमा स्वास्थ्य क्षेत्रमा लामो समय योगदान गरेका ६ जनालाई सम्मान गरिएको थियो । संस्थाको निर्वतमान अध्यक्ष डाक्टर गिरधारी शर्मा र संस्थापक अध्यक्ष अशोक पालिखे हु्न् ।