सहकारी ठगीको अरोप लागेर फरार जिबी राईलाई ल्याउने तजबिज मिलाउँदै सरकार

सहकारी ठगी

सहकारी ठगीको अरोप लागेर फरार जिबी राईलाई ल्याउने तजबिज मिलाउँदै सरकार

GB-rai-Suryadarshan-Sahakari-768×432

काठमाडौं  । सरकार सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने वातावरण निर्माणमा लागि परेको छ। मलेसियामा रहेका राईलाई ल्याउन त्यहाँको सरकारसँग पारस्परिक सहयोग आदानप्रदानका लागि वातावरण तयार पार्ने कार्य भइरहेको बताइएको छ । राईलाई नेपाल ल्याउन सरकारले यसअघि गरेका अनेकन् प्रयास असफल भए पनि नेपाल प्रहरीले मलेसिया प्रहरीसँग समन्वय गर्न एसपी नरहरि रेग्मीलाई त्यता पठाएको थियो।

केपी ओलीको नेतृत्वमा वर्तमान सरकार बनेपछि गृह मन्त्रालयकै निर्देशनमा एसपी रेग्मीलाई मलेसिया पठाइएको थियो। एसपी रेग्मीसँग एक कनिष्ठ प्रहरी कर्मचारी पनि मलेसिया पुगेका थिए।उनीहरू दुई जनाले राई र उनको अवस्थाबारे मलेसिया प्रहरीसँग कुराकानी गर्दा नेपालमा रहेका मलेसियाली नागरिकले विगतमा भोगेका समस्या र नेपाल सरकारले गरेको असहयोगबारे कुरा उठेको थियो ।

नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले भने यो विषय सहज बन्दै गएको छ। क्वालालम्पुरकी ५७ वर्षीया माला भेल्लो १० वर्षअघि नेपाल आएपछि जेल परेकी थिइन् । मलेसिया सरकारले फिर्ता गर्न परराष्ट्रमार्फत पहल गरेको थियो।तर सरकारले त्यसलाई बेवास्ता गरेको विषयमा मलेसियाले गम्भीर रूपमा लिएको एसपी रेग्मीको टोलीलाई बताएको थियो।  आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया