रवि प्रहरी हिरासतमा, ३ सय मिटरको दुरीमा समर्थकको प्रदर्शन (भिडियाेसहित)

रवि प्रहरी हिरासतमा, ३ सय मिटरको दुरीमा समर्थकको प्रदर्शन (भिडियाेसहित)

1

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र चिप्लेढुंगास्थित मावनअधिकारचोक करिब ३ सय मिटरको दुरीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत छन् । त्यहाबाट करिब ३ सय मिटरको दुरीमा रहेको मानवअधिकारचोकमा उनका समर्थकले ‘रविदाइ हाइ हाइ’ भन्दै विरोध प्रदर्शन गरेका छन् । सहकारी गठी आरोपमा रविलाई पक्राउ गरेपछि रास्वपाका कार्यकर्ता विरोधमा उत्रिएका हुन् । सहकारी गठीको निहुँ बनाएर रविमाथि अहिलेको सरकारले राजनीतिक प्रतिशोध साधेको जिकिर रास्वपाका नेता तथा कार्यकर्ताको छ ।

रविलाई हिजो काठमाडौंको रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा ल्याइएको हो । शनिबार बिहान पोखरा आइपुगेका रविको स्वास्थ्य परीक्षण गरेर कास्की प्रहरीको हिरासतमा राखिएको हो । ‘अरु थुनुवा राख्ने हिरासतमा नै उहाँलाई राखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले भने । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा थुनुवा राख्नको लागि ५ वटा ब्लक छन् ।

रास्वपा कास्कीको अगुवाइमा भएको चिप्लेढुंगाको प्रदर्शनमा कार्यकर्ताले न्याय मार्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, वास्तविक सहकारी पीडितलाई न्याय देऊ, भ्रष्टहरुलाई कारबाही गर, दलाल माफीयाहरु होसियार, राजनीति प्रतिशोध बन्द गर, रवि दाइ, हाइहाइ, भन्दै नाराबाजी गरेका छन् ।

सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायराम ल्याउन समेत माग गरेका छन् । रवि पक्राउ पर्ने थाहापाएपछि रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको थियो । तर, आज चिप्लेढुंगामा भएको विरोध प्रदर्शनमा कार्यकर्ताको उल्लेख सहभागिता देखिएन् ।

रास्वपाका नेताहरुका अनुसार चिप्लेढुंगाको कार्यक्रम जिल्लाको अगुवाइमा भएको हो । चिप्लेढुंगााको सुरक्षा व्यवस्था भने कडा पारिएको छ । चिप्लेढुंगादेखि सिद्धार्थचोक जाने सडकमा सवारी आवत जावतमा रोकलगाइएको छ भने वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरिक्षक सन्तोषानिरौलाको नेतृत्वमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएको छ । लामिछानेलाई पोखरा ल्याउनु अघि नै पार्टीका पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले पोखरा आइसकेका थिए । अर्का उपाध्यक्ष उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछानेसँगै गाडीमा आएका थिए ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जिबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जिबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटर्वक प्रालिले सहकारी रकम डुबाएको प्रमाणित भइसकेको छ । रवि स्वयमले गोर्खा मिडिया नेटवर्कमा गएको रकमको हिस्साको जिम्मेवारी लिने बताएका छन् ।

प्रतिक्रिया