पोखरा । नेकपा एमालेका युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम आफू अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथिका अवसरमा बुधबार भेटी वापत संकलित मध्यको केही रकम महेन्द्र माध्यमिक विद्यालयमा स्व.भरतराज/दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५ सय ५५ र ओमकारेश्वर महादेव मन्दिरलाई, मन्दिर संचालानार्थ ५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेका हुन् ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले अक्षयकोषको रकम विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक वासुदेव पौडेल तथा मन्दिर संचालानार्थ मन्दिरका पुजारी रामचन्द्र पौडेल र मन्दिरका सदस्य लीला पौडेललाई हस्तान्तरण गरे । प्रदेश प्रमुख भट्टले अधिकारीले गर्नुभएको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै सत्कर्मले नै मानिसलाई सबैको सामु चिनाउने बताए ।
विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सहायक प्रधानाध्यापक नन्दराज दाहाल, पुजारी पौडेल, समाजसेवी लीला पौडेलले स्वर्गीय दुर्गादेवीप्रति श्रद्घाञ्जली व्यक्त गर्दै, समाज विकासमा दुर्गादेवी पु¥याएको योगदानको चर्चा गरेका थिए । विद्यालयका सल्लाहकार समेत रहेका अधिकारीका आमा दुर्गादेवीको गत असोज ४ गते जन्मदिनकै दिन ६० वर्षको उमेरमा निधन भएको थियो ।