पोखरा महानगर गर्‍याे ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा महानगर गर्‍याे ज्येष्ठ नागरिकलाई सम्मान

Photo2

पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ६ वर्षीय बसुन्धरा बराल र १ सय ३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले सम्मान गरेको हो । महानगरले दुबै जनालाई उनीहरुकै घरमा पुगेर सम्मान गरेको हो ।

पोखरा १३ काहुुँखोलाकी बराललाई पोखरा महानगरपालिकाका कार्यबाहाक प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नगद १४ हजार, सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरे । वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले ज्येष्ठ नागरिक पिताका रुपमा नगद, माला र दोसल्ला ओढाएर सम्मान गरे । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्र्दै आएको छ । महानगरले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसमार प्रत्येक वर्ष नगर पिता र नगर आमाको रुपमा सम्मान गर्दै आएको छ ।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान व्यक्त गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकहरुलाई परिवारका सदस्यहरुले कुनै दुःख कष्ट नदिइ पालनपोषण गर्नुपर्नेमा जोड दिँदै नेपालको संविधानले ज्येष्ठ नागरिकको संरक्षणका बारेमा स्पष्ट व्यवस्था गरेको बताइन् । स्थानीय सरकार पोखरा महानगरले पनि ज्येष्ठ नागरिकको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् ।

प्रतिक्रिया