काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीका अनुसार ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।
३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
काभ्रे जिल्लामा ३१ जनाको ज्यान गएको भने ललितपुरमा २३ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।