पोखराका पत्रकारहरु अमृत सुवेदी र परशुराम शर्मालाई नेपाल हवाई खेलकुद संस्था (ना) ले सम्मान गरेको छ।

संस्थाको साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो।

सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख र शर्मा नेपाल टेलिभिजनका संवाददाता हुन्।

पत्रकारद्वयलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन्।