लामाचौर भलिबल कपमा ३ खेल

लामाचौर भलिबल कपमा ३ खेल

लामाचौर भलिबल final

लामाचौर कप भलिबल प्रतियोगितामा आज (बुधबार) ३ खेल सम्पन्न भएका छन्।

महिलातर्फ २ र पुरुषतर्फ १ खेल भएको आयोजकले जनाएको छ।

महिलातर्फ टिपटप न्यू डायमण्ड र एपीएफले सोझो ३ सेटमा जित निकालेका छन्।

पहिलो खेलमा टिपटप न्यू डायमण्डले घरेलु गण्डकी प्रदेश भलिबल एशोसिएसनलाई सहज २५–१३, २५–१६ र २५–१६ को सोझो सेटमा जित निकाल्यो।

यो जितसँगै टिपटप न्यू डायमण्डको लगातार दोस्रो जित हो।

यसअघि, हिँजो (मंगलबार) भएको पहिलो खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई २५–१४, २५–१२ र २५–१७ को सोझो सेटमा जित निकालेको थियो।

उता, आज नै भएको महिलातर्फको दोस्रो खेलमा बलियो सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पनि कमजोर एभरेष्ट भलिबल क्लबमाथि २५–१०, २५–११ र २५–१३ को सहज जित निकाल्यो।

विभागीय सशस्त्र प्रहरी बल एपीएफको पनि यो लगातार दोस्रो जित हो।

हिँजो (मंगलबार) भएको उद्घाटन खेलमा विभागीय एपीएफले घरेलु गण्डकी प्रदेश भलिबल एशोसिएसनलाई ३–१ को सेटमा जित निकालेको थियो।

एपीएफले घरेलु गण्डकीमाथि २५–१४, २५–१४, २४–२६ र २५–२३ ले जित निकालेको थियो।

पुरुषतर्फ भने आज भएको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई २५–१२, २५–१७ र २५–२३ को सोझो सेटमा जित निकालेको छ।

आज नै पुरुषतर्फ खेल्ने भनिएको घरेलु गण्डकी र सशस्त्र प्रहरी बलको एपीएफबीचको दोस्रो खेल भने लाइट प्रोटेस्टका कारण स्थगित भएको छ।

दोस्रो खेलमा २ सेट खेलेको घरेलु गण्डकी र एपीएफले १/१ सेट जित्दा लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको थियो।

गण्डकीले पहिलो सेट २५–२२ ले जित्दा एपीएफले दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो।

अघिल्लो दिन मंगलबार घरेलु गण्डकीले नेपाल पुलिससँग सोझो ३ सेटमा हारेको थियो।

उता, सशस्त्र प्रहरी बलको एपीएफले भने मंगलबार ट्राभल इन्क्वाइरी गलकोटमाथि २५–१७, २५–२७, २५–१६ र २६–२४ को सेटमा जित निकालेको थियो।

प्रतिक्रिया

भर्खरै