सोमबार, ३२ असार २०८१
च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो कप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन्।
बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो।
स्पेनलाई कीर्तिमानी चौथो पटक युरो कप उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरे।
प्रतियोगिताभर उनले १ गोल गरे।