कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत रकम अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
गृहमन्त्री लामिछानेले गत आइतबार प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक–पटक कान्तिपुरमा प्रकाशित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिदैं आएका थिए।

This will close in 10 seconds