पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने

पोखरा स्पोर्ट्स अवार्ड, सिटिजन फर्निचर

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई पोखराको सिटिजन फर्निचरले सघाउने भएको छ।

नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो।

मंगलबार सिटिजन फर्निचरका संचालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ।

यसैगरि, मंगलबारनै नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले स्पोर्ट्स अवार्डलाई २५ हजार रुपैयाँ नगर सहयोग गर्ने घोषणा गरेकी छन्।

मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोत्साहन हुने बताउँदै आफूले सहयोग घोषणा गरेको मञ्जुको भनाई छ।

प्रथम पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फकी विजेतासमेत गुरुङ हाल हङकङमा छिन्।

कास्कीकी गुरुङले पोखराको ज्ञानुबाबा आवासीय माविबाट भलिबल खेलको सुरुवात गरेकी थिइन्।

अवार्डको मिति नजिकिदै गर्दा सहयोगी संघसंस्था तथा मनहरु जोडिने क्रममा जारी रहेको मञ्चका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकरा दिइन्।

मञ्चले सोमबार मात्रै अवार्ड अन्तर्गत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा ७ विधामा अवार्ड वितरण गर्दै आएको छ।

बाँकी ३ विधा लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड र वर्ष उत्कृष्ट खेल संघसंस्था तथा क्लब अवार्डको केहि दिनपछि छनौट गरेर सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ।

गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा अवार्ड कार्यक्रम हुँदैछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयले अवार्ड कार्यक्रमको प्रबद्र्धन गर्दैछ।

पोखरा लेकसाइडमा रहेको मझेरी रिसोर्ट एण्ड स्पा अफिसियल रिसोर्टको रुपमा रहेको छ।

यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, कास्कीको मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका, बागलुङको निसी खोला गाउँपालिका, मुस्ताङ गल्फ कोर्ष, गुरुङ हर्वल व्युटी पार्लरलगायतले सघाउने भएका छन्।

थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ।

टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा माई मोटर्स प्रालिले अवार्ड कार्यक्रमलाई सहयोग गर्दैछ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ।

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds