एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

एमाले कास्की

नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्।

अधिकारी ५ सय ५१ मतसहित विजयी बनेका हुन्।

बुधबार साँझ सार्वजनिक परिणामअनुसार अधिकारीका प्रतिस्पर्धी माधव बास्तोलाले ३ सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याए।

पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन्।

उपाध्यक्षमा भेषराज बराल ५ सय २७ मतसहित विजयीभन्दा उनका प्रतिस्पर्धी शिवप्रसाद आचार्यले ३ सय ८८ मत पाएका छन्।

यस्तै, सचिवमा दर्शन लामा ५ सय ९५ मत ल्याएर चुनिँदा सुरेन्द्र गुरुङले ३ सय २० मत पाए।

उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलामा सन्तु सुवेदी विजयी भएका छन्।

उपसचिवकी उम्मेदवार संगीता सुवेदीले ६१ मत पाइन्।

शनिबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेको जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि लम्बिएको थियो।

अधिवेशनमा ९ सय २६ प्रतिनिधिमध्ये ९ सय १२ जनाले मतदान गरेका थिए।

अधिवेशनबाट ७ सदस्य सर्वसम्मत भएका छन्।

अपांगतातर्फ गंगाबहादुर खड्का र बुद्धिजीवी क्लस्टरका २ सदस्यमा दुर्गा भण्डारी र विजय शर्माको मात्र उम्मेदवारी परेको थियो।

मादी गाउँपालिकाबाट महिलातर्फ कल्पना गुरुङ र विष्णुमाया पौडेल र रुपा गाउँपालिकाबाट पनि सोही क्लष्टरमा कशिरना मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ निर्विरोध चुनिए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds