खेलकुद

जाउलाखेल आहारारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा
पोखरा । आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्बलले विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा जाउलाखेलले मछिन्द्र क्बललाई २—० को गोलले पराजित गरेको हो । पहिलो हाफमा बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै जाउलाखेलले अग्रता लिएको थियो । खेलको ५४ औँ मिनेटमा जाउलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर...
आइसिसी टी–२० विश्वकपमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो रोमाञ्चक खेलमा नेपाल टेस्ट टोली इङ्ल्यान्डसँग चार रनले पराजित भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा जितका लागि एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४४ रन...
आहारारा पोखरा गोल्ड कप मंगलबारदेखि
पोखरा । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेसनल फुटबल क्लबबिच प्रतिष्पर्धा हुने भएको छ । सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा हुने आहारारा गोल्ड कपको २५औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।...
भारत बन्यो साफ यु—१९ महिला फुटबलमा च्याम्पियन
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा लिगमा बङ्गालादेशसँग व्यहोरेको हारको बदला लिँदै भारतले उपाधि जितेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतले बङ्गालादेशलाई ४—० गोलले पराजित गरी साफ ट्रफी उचालेको छ । लिगमा भारत बङ्गालादेशसँग २—० पराजित भएको थियो । शनिबारको खेलमा भारतका जुलानले खेलको ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई...
आहारारा पोखरा गोल्ड कपको इतिहास फोटो प्रदर्शनी आज
पोखरा । सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा पोखरा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा आज फोटो प्रदर्शनी हुँदैछ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो । पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका...
साफ यु—१९ महिला फुटबलमा नेपालका लागि बंगालादेश तगारो
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपालको फाइनल खेल्ने चाहनामा बंगालादेश तगारो बनेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा बङ्गालादेशसँग ४—० गोल अन्तरले परािजतसँगै नेपाल लिग चरणबाट बाहिरिएको हो । प्रतियोगितामा नेपाल र भुटान बाहिरिएपछि फाइनल खेल बङ्गालादेश र भारतबिच शनिबार हुनेछ । बुधबार भएको खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले...
साफ यु-१९ महिला फुटबलमा नेपाललाई जित्नै पर्ने दबाब
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा नेपालले आज बंगालादेशकाे सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा  नेपाल र बंगालादेशकाे खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्याह्न १२ बजे सुरु हुनेछ । ४ टाेली सहभागी...
प्रतिभा सुपर लिग क्रिकेटमा मदरल्यान्ड र छोरेपाटन विजयी
पोखरा ।  प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेण्डरी र छोरेपाटन माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो सोमबार मदरल्याण्ड सेकेण्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै बिजयी यात्रा शुरु गरेका हुन् । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटनले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो । टस...
साफ यु–१९ महिला फुटबलमा बङ्गलादेश फाइनल नजिक
पोखरा । बङ्गलादेश  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो । बङ्गलादेशका लागि २९औँ मिनेटमा टिम कप्तान अर्पिता विश्वासले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मामोनी चक्काले प्रहार गरेको फ्रिकिक पिपक्षी किपर मुन्नीबाट रिबाउन्ड बललाई गोलमा परिणत गर्नुभएको हो...
आहारारा गोल्ड कपमा १२ टिम सहभागी, पुरस्कार राशि वृद्धि
पोखरा । पोखरा रंगशालामा आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुने आहारारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी २५ औँ आहारारा पोखरा गोल्ड कपमा एडिभिजन क्लब, आयोजक सहारा, ४ विदेशीसहित १२ टिम सहभागी हुने जानकारी दिएको हो । आहारारारको संस्कण रजत वर्ष...