फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सघाउने पोखराका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। आयोजक नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले विगतका बर्षहरूमा जस्तै यस बर्षपनि सघाउने बताएका हुन्। नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले म्याराथन पोखराको ब्राण्ड भएको र खेल पर्यटनसँग जोडिएको बताए।...