खेलकुद

बंगलादेशले जित्यो साफ यु– २० च्याम्पियनसीपको उपाधि
घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले २० वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हरायो। पहिलो हाफमा १ गोल गरेको बंगलादेशले दोस्रो हाफमा ३ गोल थप्यो। बंगलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे। यस्तै, खेलको ५४ औं मिनेटमा गोयरी, ७० औं...
एपीएफ एएफसी महिला च्याम्पियन्स लिग चरणबाटै बाहिरियो
विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मलेसियाको लिकस रंगशालामा बुधबार भएको खेलमा घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो। समूह ‘सी’ को एपीएफले पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नासफसँग १–० ले पराजित भएको थियो। त्यसैले, दोस्रो खेलमा एपीएफलाई जित्नै पर्ने दबाब थियो। तर, एपीएफले...
पोखराको लामाचौरमा यस वर्षपनि भलिबल प्रतियोगिता हुने
पोखराको लामाचौरमा हरेक वर्ष हुने तीज महोत्सवमा यस वर्षपनि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताले निरन्तरता पाउने भएको छ। महोत्सवको मुख्य आकर्षण नै राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हुने गर्दछ। महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप भलिबल प्रतियोगिता हो। दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५÷५ टिमले प्रतिस्पर्धा गर्नेछन्।...
नेपाल साफ यु–२० च्याम्पियनसीपको फाइनलमा
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो। टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए। यस्तै,...
साफ यु–२० च्याम्पियनसीपमा नेपाल समूह विजेता
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे। बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल...
नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज (मंगलबार) भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकबिहीन...
नेपाल साफ यु–२० फुटबलको पहिलो खेलमा विजयी
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसीप फुटबलमा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आज (आइतबार) भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले निर्णायक गोल गरे। नीराजनले २३ औँ मिनेटमा गरेको एक मात्र गोल नेपालको जितमा पर्याप्त बन्यो। जितसँगै, नेपालले समूहमा ३ अंक बटुलेको छ।...
इन्द्रधारा बिष्टलाई ‘हाई अल्टिच्युड’ गल्फको उपाधि
गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको गल्फ प्रतियोगितामा विजयी विष्टले ९ होलको खेलमा ३ अण्डर हान्दै २१ स्कोर बटुले। त्यस्तै, ३ होलमा पार, १ मा त्रिपल बुगी र ५ होलमा बुगी खेले। ५ होलमा पार, एउटामा...
नेपालमा १९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट हुने
नेपालमा १९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट हुने भएको छ। छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागि हुनेछन्। यो प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा सन् २०२६ मा हुने १९ वर्षमूनीको विश्वकपका लागि छनोट हुनेछ।
चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा पराजित
चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीसँग पराजित बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो। जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा...