खेलकुद

खेलकुद
नेपालसँग तीन वटै खेलमा अमेरिका पराजित
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी–२० आई सिरिज जितेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमवल...
साफ महिला खेलकुदमा आज बंगालादेश र पाकिस्तान भिड्दै
काठमाडौंं । काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको समूह ए अन्तर्गत आज साविक विजेता बंगालादेश र पाकिस्तानबीच खेल हुँदैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो खेल भारतसँग ५–२ ले गुमाएको पाकिस्तानको समूह चरणमा यो अन्तिम खेल हो । आजको खेलमा पनि पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।...
अमेरिका अर्को खेलमा पनि पराजित, नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जित्यो
पोखरा । टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । आइतबार भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २–० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज...
महिला साफमा नेपालले पहिलो पटक बराबरी खेल्यो
काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको पहिलाे खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेर खराब सुरुवात गरेको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी खेल हो । आज साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा...
क्रिकेटर सन्दीप लामिछाने आज अमेरिका जाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आज अमेरिका प्रस्थान गर्ने भएका छन् । उनलाई अमेरिकाले भिसा दिएपछि आज अमेकिार जान लागेको नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । नेपालले अमेरिकाबीच तीन खेलको टी–२० शृंखला आजदेखि सुरू भएको छ । पहिलो खेल नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ...
साफ महिला च्याम्पियनसिपमा श्रीलंका विजयी
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा अन्तर्गत आज भएको पहिलो खेलमा श्रीलंका विजयी भएको छ । श्रीलंकाले माल्दिभ्सलाई १-०  गोलले पराजित गरेको हो । दशरथ रंगशालामा शुक्रबार सम्पन्न समूह बी को खेलमा श्रीलंकाको जितमा इमेशा वार्नाकलासुरियाले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित रह्यो । यससँगै श्रीलंकाले समूहमा ३ अंक जोडेको छ । यसै...
नेपालसँग अमेरिका १७ रनले पराजित
पोखरा । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको पहिलो टी ट्वान्टी खेलमा नेपालसँग अमेरिका १७ रनले पराजित भएको छ। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन...
अमेरिकासँग नेपालको पहिलो टी ट्वान्टी क्रिकेट खेल, नेपालले दियो १ सय ६५ रनको लक्ष्य
पोखरा । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको पहिलो टी–२० खेलमा घरेलु टोलीलाई नेपालले १ सय ६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८,...
साफ च्याम्पियनसिप
महिला फुटबलमा नेपालले आज भुटानको सामना गर्दै
काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दैछ । हिजोदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको महिला फुटबलमा नेपाल र भुटानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । त्यस अघि दिउँसो साढे १ बजे श्रीलंका र माल्दिभ्स खेल्नेछन् । हिजो भएको उद्घाटन खेलमा भारतले विजयी सुरुआत गरेको छ । भारतले पाकिस्तानलाई ५—२ गोल...
खेलकुद
साफ महिला च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा भारत विजयी
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पाकिस्तानलाई ५–२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १–१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १–१ गोल गरे । यसै खेलबाट भारतकी...