राजनीति

माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले भच्चेकमा योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको...
भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा काँग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन्। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकारले काँग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने प्रष्ट पारे। ‘काँग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन। हामी...
३३ प्रतिशत मात्र होइन, महिलाको समान सहभागिता हुनुपर्‍यो: अध्यक्ष हमाल
अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकी छन्। महिलाहरूको क्षमता अभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागिता नै अनेम संघको प्रमुख मुद्दा रहेको उनले प्रष्ट पारिन्। अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको...
मेरो समाचार स्रोत गलत परेछ: बस्नेत (अध्यक्ष, प्रेस चौतारी)
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो समाचारको स्रोत गलत परेकोले गृहमन्त्रीको प्रतिष्ठामा परेको असरप्रति आफू दु:खी रहेको बस्नेतले बताएका छन्। बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेपछि यस्तो बताएका हुन्। अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन्। श्रेष्ठसँगको भेटपछि बस्नेतले असहमति...
कास्की–२ का काँग्रेसले विपी वनबाटिकामा रोपिएका बिरुवालाई गोडमेल गर्‍यो
विभिन्न सन्दर्भ पारी बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने गरिएको वास्तविकतामा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले आज (शुक्रबार) यसअघि बृक्षारोपण गरिएको स्थानका बोटबिरुवा गोडमेल गरेको छ। पार्टीका तर्फबाट यस अघि २०७६ साल भदौ २४ गते विपी जयन्तीका अवसरमा उक्त स्थानमा बृक्षारोपण गरिएको नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का कार्यबाहक सभापति दीनेश आचार्यले...
काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ३५ जना सदस्यहरुले धारणा राखे
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज (विहीबार) ३५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले पार्टीको सागठनिक संरचना, रुपान्तरण अभियान, राष्ट्रिय राजनीति र सरकारमा पार्टीको भूमिकालगायतका विषयमा राखेका हुन्। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काँग्रेसका नेताले नै कोशीमा सभामुखलाई विवादमा पार्ने काम गरेको भन्दै...
प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले डटेर लड्छ: नेता नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध समाजवादी मोर्चा डटेर लड्ने बताएका छन्। सोमवार काठमाण्डौमा आयोजित ‘ं(समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने उल्लेख गरे। मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्नका लागि नभएको उनको भनाई थियो। ‘कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरेको होइन,’ उनले भने।...
प्रतिगामी प्रवृत्तिविरुद्ध समाजवादी मोर्चा: प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्। सोमवार ’समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन्। उनले भने, ‘परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेकाले समाजवादी...
४ दलको संयुक्त समाजवादी मोर्चा घोषणा
राजनीतिक ४ दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज (सोमवार) समाजवादी मोर्चा घोषणा गरेका हुन्। काठमाण्डौको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा ४ दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन्। सहमतिपत्रमा माओवादी केन्द्रका...
प्रेस सेन्टर नेपालको १९ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु
प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा आज (शनिबार)देखि सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्नेछ। साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। साधारण सभा तथा स्मृति दिवसमा प्रेस...