पोखरा

पोखरा विमानस्थलमा एक रुपैंयाँ पनि भ्रष्टाचारको नभएको  महानिर्देशक अधिकारीको स्पष्टीकरण
पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्राधिकरणले एक रुपैयाँ पनि खर्च नगरेको दाबी गरेका छन्। पोखरामा आयाेजित पत्रकार सम्मेलनमा उनले  २०७१ देखि २०७९ सम्म क्यानको खाताबाट विमानस्थल परिसरमा खर्चिएको कुनै रकम नभएको स्पष्ट पारे। संसदीय उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन...
पोखरा ४ मा तीज गीत प्रतियोगिता
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियगितामा गणेशटोल मिसा पुच प्रथम भएको छ । प्रथम हुन सफल उक्त समूहले २२ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ । महिला समाजसेवा समिति दोस्रो हुँदै १७ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो...
 जनउत्तरदायी र जवाफदेही सेवा प्रवाहमा केन्द्रित हुन जिसस कास्की प्रमुख पौडेलको आग्रह  
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान...
तीजकाे अवसरमा पोखराकाे लामाचौरमा तीज महोत्सव हुने
पोखरा ।   नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास...
कास्कीका फोटो पत्रकारले मनाए विश्व फोटोग्राफी दिवस
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका– ५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीज खाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता...
नेपाल पूर्वप्रहरी संगठनको ३५ औं स्थापना दिवस मनाइयो
पोखरा । नेपाल पूर्वप्रहरी संगठनको ३५ औं स्थापना दिवस मनाइएको छ । पूर्वप्रहरी संगठन इकाइ समिति लेखनाथले नेपाली महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा पूर्वप्रहरी परिवार महिला संघका पदाधिकारी तथा सदस्यहरुलाई दर खुवाएर र बिरामी भएका आफ्ना सदस्यको स्वास्थ्य अवस्था बुझी स्वास्थ्य लाभको कामना गरेर मनाएको हो । समितिले पूर्वप्रहरी संगठनका सदस्य वीरबहादुर गुरुङ र प्रेम...
पोखराका तालहरु सफाइ गर्न पोखरा महानगर र लक्ष्मी हाउसबिच सम्झौता
पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी...
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षमा बुद्धिबहादुर कुँवर
पोखरा । बुद्ध विशाल वजार व्यापारिक एसोसियसन पोखराको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन् । कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ सदस्यमा चुनिएका छन्...
महिलाकाे अदृश्य संघर्ष
‘छुट्टी त बिरामी भएपछि अस्पतालको बेडमा मात्र मिल्छ’
प्रमिसा सिलवाल । पोखरा बहु भूमिकामा छन् ४५ वर्षीया शान्ता थापा । साँझ–बिहान घर र पसल सम्हाल्ने थापा दिउँसो पर्यटन निर्देशनालयमा कार्यालय सहयोगी छन् । बिहान ५ बजे उठेर घरको सरसफाइ, पूजापाठ सकेर ६ बजे उनी पार्दीस्थित आफ्नो फ्रेस हाउस खोल्न पुग्छिन् । साढे २ घण्टा जति पसलमा काम गरेर फेरि घर खाना पकाउन जान्छिन्...
आन्तरिक राजस्व कार्यालय परिसरमा करदाता सहायता कक्ष सञ्चालन
पाेखरा । आन्तरिक राजस्व कार्यालयमा करदाता सहायता कक्ष संचालनमा आएको छ । बिहिवार पोखरा उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता सहायता कक्षको समुद्धघाटन गरिएको हो । करदातालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनदेखि कार्यालय परिसरमा ‘करदाता सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो । बिहीबार आयोजित एक कार्यक्रममा...