पोखरा

छविलाललाई काठमाडौं पठाइयो, रविलाई पनि पठाउने तयारी
पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशीलाई अनुसन्धानको लागि काठमाडौं पठाइएको छ । पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछका लागि काठमाडौं पठाइएको कास्की प्रहरीले बताएको छ । कास्की प्रहरी प्रवक्ता तथा...
पोखरामा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर संचालनमा
पोखरा । पोखराको गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलमा फिस्टेल आइभिएफ फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ । फिस्टेल हस्पिटलको तेस्रोे तल्लामा रहेको सेन्टरको फिस्टेल हस्पिटलका मेडिकल डिरेक्टर दीपेश कार्कीले स्त्री तथा प्रसूति र बाँझोपन रोग विशेषज्ञ डा.अनु हिराचन, डा राजीब लालचनका साथमा रिबन काटेर शुभारम्भ गरेका हुन् । नि:सन्तानको पूर्ण समाधान गर्ने गरी फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याइएको...
पिएमको चीन भ्रमणमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणकाे एजेन्डा समावेश गर्न प्रस्ताव
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा पोखरामा विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डालाई समावेश गर्न गण्डकी प्रदेश सरकारले संघ सरकारसँग प्रस्ताव गरेको छ । क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल पोखरामा निर्माण गर्ने एजेन्डा समावेश गर्न प्रस्ताव गरिएको हो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को...
यु–१९ विश्वकपमा छानिएकी रचना र अग्रज क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दीपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनोट हुन सफल रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई पोखराको क्रिकेट विकासमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।...
पोखरा पालिखेचोकको प्रतिभा माविमा विज्ञान प्रदर्शनी
पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विज्ञान प्रदर्शनी  गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोविन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा...
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
पोखरा ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो ।...
आर्थिक गतिविधि सुस्ताउनुमा राष्ट्र बैंकको मौद्रिक नीति दोषी : पूर्वगभर्नर नेपाल
पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्,...
पोउवा संघमा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनरसँग अर्थतन्त्रको समस्याबारे अन्तरक्रिया
पोखरा,२ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा...
एक महिनामा ४८ फरार प्रतिवादी पक्राउ, १ करोड २ लाख जरिवाना असुल गर्न बाँकी
पोखरा । कास्की प्रहरीले एक महिनाको अवधिमा ४८ जना फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कात्तिक १ गतेदेखि ३० गते सम्म उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुसमेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी...
बुटवलबाट रवि लामिछानेलाई पोखरा ल्याइयाे
पोखरा । सहकारी ठगी प्रकरणामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।  बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई रूपन्देही लगिएको थियो । बिहीबार उनको बयान सकिएपछि आज पोखरा ल्याइएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा ल्याइएको  प्रहरीले जनाकारी दिएको छ । रविलाई गत कात्तिक २...