पोखरा

पोखरा महानगरले अब पार्किङका लागि टेण्डर गर्दैन
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताएका छन्। पोखरा–९ न्युरोडस्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै प्रमुख आचार्यले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए। ‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा...
पोखरा–१५ का भूमिहीनलाई निस्सा
पोखरा महानगरपालिका वडा नं १५ का भूमिहीनलाई निस्सा वितरण सुरु गरिएको छ। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखरा–१५ का वडाध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरण गरेका हुन्। उपप्रमुख गुरुङले सीमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरेकी छन्। गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताइन्। कुनैपनि नागरिक...
पोखरा–२३ लाई अन्तर वडा भलिबलको दोहरो उपाधि
पोखराको वडा नं २३ ले अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहरो उपाधि जितेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फ पहिलो हुँदै दोहरो उपाधि जितेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै...
माघ २३ देखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध
पोखरा महानगरपालिकाले यही माघ २३ गतेदेखि पोखराको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गर्दैछ। महानगरले पोखराको मुख्य बजार क्षेत्रमा पृथ्वीचोक, सभागृहचोक–न्यूरोड–बीपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ। महागनरले अहिले तोकिएको निषेधित क्षेत्रका करिब ६ ठाउँमा साना गाडी पार्किङस्थल तोकेको छ। महानगरमा सोमबार बसेको बैठकले आउँदो माघ २३ गतेदेखि सो क्षेत्रको सडकमा पार्किङ निषेध गर्ने निर्णय...
पोखरामा शहिद दिवस मनाइयो
पोखरामा शहिदहरुको स्मृतिमा ‘शहिद दिवस–२०७९’ मनाइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले आयोजना गरेको पोखरा शहिदचोकस्थित शहिद स्तम्भमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलगायत मन्त्रीहरुले माल्र्यापण गर्दै शहिद दिवस मनाएको हो। सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले शहिदहरुको योगदानको सधै कदर गर्नुपर्ने धारणा राखे। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीसँगै आर्थिक मामिला तथा योजनामन्त्री सीता सुन्दास, आन्तरिक...
पोखरामा प्रेस सेन्टरको स्थापना दिवस मनाइयो
पोखरामा प्रेस सेन्टर नेपालको स्थापना दिवस मनाइएको छ। स्थापना दिवसको अवसरमा आज (आइतबार) पोखरामा प्रभातफेरी गरी मनाइएको छ। प्रेस सेन्टरका केन्द्रीय पदाधिकारी, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संयुक्त प्रभातफेरी गरेका हुन्। पोखराको सिर्जनाचोकदेखी शहीदपार्कसम्म प्रभातफेरी गरी कोणसभा गरिएको हो। कोणसभामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा...
पोखरा महानगरले गर्‍यो जहाज दुर्घटनामा परी दिवंगत भएकाहरुको सम्झनामा स्मृति सभा
पोखरा महानगरपालिकाले माघको गत १ गते यति एयरलाइन्सको दुर्घटना परी ज्यान गुमाएकाहरुको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ। दुर्घटना परी दिवंगत भएकाहरुको १३ औं पुण्य तिथि आज (माघ १३ गते, शुक्रबार) मा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी पुलको सेती खोंच नजिकै महानगरले श्रद्धाञ्जली सभा गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...
शोकलाई शक्तिमा बदलौ: कानूनमन्त्री गाहामगर
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवंगत पत्रकार त्रिभुवन पौडेल तथा संचारकर्मी अनिल शाहीको १३ औ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति बताएका हुन्। मन्त्री गाहामगले दुर्घटनामा परी मृत्युभएका द्वय...
पोखरा महानगरमा मेयर–विद्यार्थीको अन्तरसंवाद
पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तरसंवाद गरिएको छ। प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसरलगायतका विषयमा केन्द्रीत अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था/संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाए। कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका...
महोत्सवले आर्थिक चलायमान हुन्छः मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मेला महोत्सवले आर्थिक चलायमान हुने बताएका छन्। पोखराको अमरसिंह चौरमा आज (बुधवार) देखि सुरु ११ औं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्छ। मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहँदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्छ।’ मुख्यमन्त्री...