पोखरा

चीनको लुजाउ नगरका प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघबीच भेटघाट
पोखरा,  चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधि मण्डल र पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भेटघाट गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार संघको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलको क्रममा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना,व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो ।...
टेक अफको भ्रम हट्याे
‘एयरबस ३१९’ जहाजले गर्‍याे फुल लोडसहित पोखरा विमानस्थलबाट टेक अफ
पोखरा । सञ्चालन भएको २ वर्ष सम्म पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा व्यावसायिक उडान नभएपछि विमानस्थलको निर्माण र प्राविधिक पक्षबारे विभिन्न अड्कल बाजी र भ्रम छरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपनि हिजोसम्म गरेर ८ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । विषेशगरी पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण इभेन्ट भएका बेला विशेष गरी...
पोखरा विमानस्थलमा आज अन्तर्राष्ट्रिय चार्टर्ड उडानहुँदै
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चार्टर्ड उडान हुँदैछ । छिमेकी देश चिनको लिन्जीबाट पोखरामा चार्टर्ड उडान हुन लागेको हो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चाइनिज दूतावास, ड्रागन बोट एसोसिएसनको आयोजना पोखरामा हुने दोस्रो अन्तराष्ट्रिय ड्रागन बोट रेस २०२४ सहभागी हुनेलाई लिएर सिचुवान एयरको जहाज आउन लागेको हो । पोखरा...
गण्डकी सरकार
प्रदेश लाेकसेवा आयोगकाे असहमतिकाबीच करारमा कर्मचारी भर्ना गर्न अध्यादेश
पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी राख्ने गरी अध्यादेश ल्याएको छ । चौतर्फी आलोचना र प्रदेश लोक सेवा आयोगको असहमतिबीच प्रदेश निजामती सेवा ऐन २०७९ ले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसैलाई संशोधन गर्न सरकारले अध्यादेशको सहारा लिएको हो । कर्मचारीको अभावमा विकासका काम रोकिएको र पुँजीगत खर्च कम भएको जिकीर सरकारले गरिरहे पनि...
पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत समितिहरुको बैठक सम्पन्न
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न बस्तुगत समितिहरुको बैठक सम्पन्न भएको छ । फेन्सी तथा रेडिमेड व्यवसायी संघको कार्यालयमा भएको कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघको बस्तुगत समन्वय समितिका संयोजक पुथ्वीराज तिमल्सेनाले पोखरा उद्योग वाणिज्य संघले आफुलाई दिएको जिम्मेवारी पुरा गर्नको लागी उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न वस्तुगत समितिका अध्यक्ष लगाएत पदाधिकारी तथा...
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु
पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिको आयोजनामा भएको ‘बीवाईडी इन्टरनेसनल बेलुन महोत्सव’ १७ गतेसम्म सञ्चालन हुनेछ । ९ दिनसम्म चल्ने महोत्सवमा १७ वटा हट बेलुन एकै पटक पोखराको आकासमा उडाइने छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पु¥याएर पर्यटन क्षेत्रको पुनरुत्थान...
कान्छा न्यायाधीश राईको इजलासमा रवि लामिछानेको मुद्दा
पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । कुन मुद्दा कुन इजलासमा पर्ने भन्ने अदालतमा गोलाप्रथाद्वारा निर्धारण गरिन्छ । सोमबार गोलाप्रथा गर्दा लामिछानेको मुद्दा राईको इजलासमा परेको थियो । रविविरुद्धको मुद्दामा अदालतमा बयान सुरु भएको छ...
पत्रकार महासंघ कास्कीको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको १२ औं महाधिवेशनबाट निर्वाचित  कार्य समितिको आइतबार सपथ तथा पदस्थापन गरिएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट कास्कीमा निर्वाचित पदाधिकारी तथा सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सपथ र पदस्थापन गरिएको हो । निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता...
सिताराम केसी स्मृति पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग
७ पुष,पोखरा पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त...
अमरसिंहचौरमा पुस २५ देखि पोखरा महोत्सव
पोखरा । तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सव आयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएको हो । शिक्षा, स्वास्थ्य, खेलकुद...