पोखरा

पोखरामा ५ हजार कुकुर दर्ता
पोखरा । पोखरा महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया थालेको छ । महानगरपालिकामा  हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे । दीपावलीको...
धनराज गुरुङमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री रमेश लेखक
पोखरा । गृहमन्त्री रमेश लेखकले तथ्य र प्रमाणले सहकारी गठीमा सम्लग्न देखिए नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । ‘कसैको मुख हेरर अनुसन्धान हुँदैन’,उनले भने, तथ्य र प्रमाणले अनुसन्धान गर्ने हो, यदी धनराज गुरुङले पनि गैर कानुनी कार्य गरेको तथ्य र प्रमाण फेला परे उहाँमाथि पनि अनुसन्धान हुन्छ ।’ प्रतिनिधिसभाले बनाएको...
प्रतिबन्धित प्लाष्टिकजन्य फूलका गुुुच्छा र माला जफत
पोखरा । प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा पोखरा महानगरपालिकाले रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराका प्लाष्टिकजन्य फूलका माला र फूलका गुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले प्लाष्टिकजन्य फूलकाे गुच्छाको उत्पादन आयात, बिक्री वितरण...
‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी’
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा सरकारको कमजोरी रहेको बताएका छन् । उनले दीर्घकालीन योजना नबनाइ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएकाले अहिले अन्तर्राष्ट्रिय उडानमा समस्या भएको बताए । ‘सरकारले पूर्वाधार निर्माण गर्दा योजनावद्ध रुपमा दिर्घकालीन रुपमा सोच्नु पर्दछ, ’उनले भने,‘ विमानस्थल निर्माण गर्ने मात्र योजना बनाइयो, सञ्चालन र व्यवस्थापनमा...
लागू औषधसहित पोखरामा २ जना  जना  पक्राउ
पोखरा । पोखरामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण ब्युरो  कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१२ परिवार नियोजनको कार्यालय अगाडि सवारी जाँच गर्दा  पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २७ को डा. शास्वत कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनले चलाई ल्याएको  कारमा...
अफिन गण्डकीको अध्यक्षमा कपिल पोखरेल चयन
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको शनिबार भएको तेस्राे अधिवेशनले अध्यक्षमा कपिल पोखरेललाई सर्वसम्मत चयन  गरेको छ ।  चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्ष डाक्टर चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल(नेसनल एपोलो हस्पिटल),...
राजनीति
सहकारी ठगीमा दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ : ईश्वर पोखरेल
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए...
पोखराका पत्रकार केशवशरण प्रेस काउन्सिल सदस्य नियुक्त
पोखरा । पोखराका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । पोखरा २८ माझठाना स्थायी घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए । नागरिक दैनिक, नेपाल समाचारपत्र दैनिक, समय साप्ताहिक,...
नेकपा एमाले कास्कीको चियापान कार्यक्रम आज
पोखरा । नेकपा एमाले कास्कीले नेपालीका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम आज गर्दैछ । नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज एमाले कास्कीले गर्न लागेको हो । एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार गत असोज ११ र १२ गतेको बाढी पहिरोले...
रित्तो थाल ठटाएर सहकारी पीडितको पोखरामा विरोध प्रदर्शन
पोखरा । पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले आज रित्तो थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि लगिएको बेलामा उनीरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दबाबमा राख्न खोजेको प्रदर्शन गरेका हुन ।...