पोखरा महानगरपालिकाको १४ औँ नगरसभा आइतबार सम्पन्न भएको छ। नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ। त्यस्तै, केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बालअधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास...