पोखरा । गण्डकी प्रदेशसहित मध्य नेपालबाट पनि मनसुन बाहिरिएको छ।
गण्डकी, कर्णाली र लुम्बिनीका पूरै भूभाग तथा काठमाडौं उपत्यकालगायत बागमतीको पश्चिमी र मधेश प्रदेशका पश्चिमी भू–भागबाट मनसुन बाहिरिएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
सुदूरपश्चिमका पूरै भूभाग र कर्णाली धेरै तथा लुम्बिनीका पश्चिमी भू–भागको थोरै स्थानबाट २० असोजमा मनसुन बाहिरिएको थियो। मनसुनी वायु कमजोरहुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने महाशाखाले जनाएको छ।