पोखरा ५ को रक्तदानमा ४२ युनिट रगत संकलन

पोखरा ५ को रक्तदानमा ४२ युनिट रगत संकलन

blood donation 1

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।


वडा कार्यालय अगाडि भएको रक्तदान कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गरुङले रगतको विकल्प रगत नै भएकाले रक्तदान महादान भएको बताइन् । ‘पुल, निर्माण गर्ने र पूर्वाधार बनाउने मात्र वडाको काम हो भन्ने गरिन्छ तर, यस्ता कार्यहरु पनि वडाले गर्नु पर्दछ,’ उनले भनिन्,‘ वडा नम्बर ५ ले विकास निर्माणको साथसाथै रचनात्मक कार्य गर्दै आएको छ । ’

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले चाडपर्वको बेलामा रक्तदानका कार्यक्रममा कम हुने र रगत अभाव हुने अवस्था पनि आउन सक्ने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।


वडा सदस्य कल्पना भुवाजी क्षेत्री कार्यक्रम संयोजक रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्मा, कार्यवहाक महामन्त्री रमा कोइराला, वडा सदस्य हरिमाया बिक, पूर्ववडा सदस्य अञ्जु केसी लगायतले वडाका गतिविधि र रक्तदानको बारेमा चर्चा गरेका थिए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका महेन्द्र केसी, यमुना केसी, समीक्षा अधिकारी इन्द्रबहादुर थापा तथा सहरी स्वास्थ्य केन्द्र ५ का गणेश खड्का कलमा गौतम र शान्ति पौडेलले प्राविधिक सहयोग गरेका थिए । रक्तदान कार्यक्रममा पूर्ववडाध्यक्ष धनबहादुर नेपाली, वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा सदस्य गोविन्दप्रसाद पराजुली लगायत ४२ जनाले रक्तदान गरेका छन् । कायंक्रम संयोजक कल्पना भुवाजी क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

भर्खरै