समाचार

प्रधानमन्त्री कार्की सानो मन्त्रिपरिषद् बनाउने तयारीमा, दलहरू असहमत
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सानो संरचनाको मन्त्रिपरिषद् गठन गर्ने तयारी अघि बढाएकी छन्। शनिबार बिहान र बेलुकी उनले विभिन्न सरोकारवालासँग परामर्श गरेकी थिइन्। बिहान युवासँगको छलफलपछि कार्की आन्दोलनका घाइतेलाई काठमाडौंका अस्पतालमा भेट्न पुगेकी थिइन्। त्यहाँ धेरैले बधाई दिए पनि उनले कार्यकाल पूरा भएपछि मात्र शुभकामना दिन आग्रह गरेकी थिइन्। शुक्रबार बेलुकी तीन सदस्यीय मन्त्रिपरिषद्...
यस्ताे छ आजको माैसम
पोखरा । आज  दिउँसो तथा राति देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। देशका पहाड भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज...
संघीय संसद् विघटन, फागुन २१ मा चुनाव
काठमाडाैं । अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीपछि पहिलो निर्णयकै रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्वीकृत गरेका छन् । प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते गर्ने गरी मिति तोकेको घोषणा गरेकी छिन् । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको...
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । यससँगै उनी पहिलो महिला कार्यकारी प्रमुखको हैसियतमा पनि इतिहासमा दर्ज भएकी छन् । कार्कीलाई प्रतिनिधिसभाको चुनाव  छ महिनाभित्र  गराउने जिम्मेवारी दिइएको छ । जेन–जी आन्दोलनको चर्को दबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । त्यसपछि आन्दोलनकारी र सरोकारवाला पक्षबीचको छलफलले कार्कीलाई...
कास्कीका निजी विद्यालय भदौ २७ गते सम्म बन्द रहने 
पोखरा । जेनजीको आन्दोलन र असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै कास्की जिल्लाका सबै संस्थागत विद्यालयहरू  भोलि  २७ गते सम्म बन्द गर्ने निर्णय गरिएको छ। सार्वजनिक यातायात ठप्प, बजार बन्द र सुरक्षासम्बन्धी अनिश्चित अवस्थाका कारण यस्तो निर्णय गरिएको हो। निजी विद्यालयका संस्थाहरु मन्टेश्वरी एसोसिएसन कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी...
अन्तरिम सरकारबारे निर्णायक छलफल आज,  प्रधानमन्त्रीमा सुशीला कार्कीकाे नाम प्रस्ताव 
काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रियामा आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी आन्दोलनका प्रतिनिधिबीच नेपाली सेनाको समन्वयमा निर्णायक वार्ता हुने भएको छ । जेनजी युवाहरुले नयाँ प्रधानमन्त्रीका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिसकेका छन् । आज हुने छलफलले सो प्रस्तावलाई औपचारिक मान्यता दिने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी आन्दोलन र...
सर्वोच्च अदालतमा आगजनी
सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
पोखरामा आज निजी विद्यालय बन्द रहने
पोखरा  ।  जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा विद्यार्थी र युवाको मृत्यु भएपछि कास्कीका निजी विद्यालयहरूले मंगलबार एक दिन  बिदा दिने निर्णय गरेका छन् । प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले सोमबार प्रदर्शनका कारण विद्यार्थी र अभिभावक दुबै प्रभावित भएकाले मंगलबार कक्षा १ देखि १२ र मन्टेसरीसम्मका सबै निजी विद्यालय बन्द रहने जानकारी दिए । गौतमका अनुसार...
आन्दोलनको दबाबपछि सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध सरकारले हटायो 
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् । उनका अनुसार सरकारलाई सामाजिक सञ्जाल बन्द गरेकोमा कुनै पश्चाताप छैन । तर यही विषयलाई आधार बनाएर आन्दोलन चर्किएपछि निर्णय फिर्ता...
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
काठमाडौं। ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको...