समाचार

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी
प्रतिनिधि सभा निवार्चन आचारसंहिता लागू
काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।...
गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी
पोखरा ।  सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक...
आयोजक टोलीले जित्यो मनोहर कप भलिबलको उपाधि
पोखरा । पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ ।मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो । आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो...
कांग्रेस सभापति थापाले भने, ‘अब कांग्रेसमा गुटबन्दी हुँदैन’
काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगले विधान र कानुनसम्मत निर्णय गरेको भन्दै पार्टीमा अब गुटबन्दीको अन्त्य भएको घोषणा गरेका छन् । निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि शुक्रबार (माघ २ गते) प्रेस विज्ञप्ति जारी गर्दै थापाले पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका हुन् । विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र...
निर्वाचन आउन ४७ दिन बाँकी
निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत
काठमाडौ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, यसरी छनोट भएका...
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गर्नुभएको छ । बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उहाँले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने...
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो । गत पुस २७ गतेदेखि जारी...
कांग्रेस फुटको संघारमा, दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको एक नेताले बताए । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति...
कांग्रेस विशेष महाधिवेशन
सभापतिमा गगन थापाको उम्मेदवारी
काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
मनोनयनपत्रमा हस्ताक्षरकर्ताको नाम परिवर्तन गरिदिन निर्वाचन आयोग लचक
काठमाडौँ । राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई दलका तर्फबाट प्रदान गरिने मनोनयन पत्रमा यसअघि तोकिएको हस्ताक्षरकर्ताको नाम सम्बन्धित पार्टीले चाहेमा त्यसलाई परिवर्तन गरिदिन आयोग लचिलो देखिएको छ । कांग्रेसमा मनोनयन पत्रमा हस्ताक्षरकर्ताका विषयलाई लिएर विवाद देखिएको छ । आयोगमा कांग्रेसका तर्फबाट मनोनयन पत्रमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिमा सभापति शेरबहादुर देउवाको नाम र उनको हस्ताक्षरको...